एमसीसी आजै संसदमा टेबल गर्न सत्ता गठबन्धन सहमत

                                             फाइल तस्वीर-

काठमाडौं ।सत्तारूढ गठबन्धन दलले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्ने सहमत गरेका छन् ।

 

 

 प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसी संसदमा पेश गर्ने सहमति गरेका हुन ।

 

 

 

 आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।

 

 

 

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने, ‘अब सडकमा होइन, संसदमा गहन रुपमा छलफल हुन्छ ।

 

 

 

एउटा निष्कर्षमा पुग्ने कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु । नेपाललाई एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले फागुन १६ गतेसम्मको समयसीमा दिएको छ ।