देउवा सरकारको क्रूर दमन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र सिटिईभिटि उपत्यका संयोजक नरबहादुर कुमाललगायका दर्जनौं घाइते

काठमाडौं ।राष्ट्रघाती एमसीसीको विरोध गर्ने प्रदर्शनकारी माथि देउवा नेतृत्वको सरकारले क्रूर दमन गरेको छ।

 

प्रहरीको दमनले क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्यौपाने, अखिल (क्रान्तिकारी)का सिटिईभिटि उपत्यका संयोजक नरबहादुर कुमाल भने गम्भीर घाइते भएका थिए ।

 

त्यस्तै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलगायत दर्जनौं घाइते भएका थिए ।  

 

राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका ६ कम्युनिस्ट पार्टी र २ मोर्चा र अन्य पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले क्रूर दमन गरेकाे थियाे  ।

 

संसद भवनभित्र एमसीसी टेबल हुँदै गर्दा संसद भवन बाहिर सडक रणमैदान जस्तै भएको थियो । प्रहरीले अश्रुग्यास, पानीका फोहरा, ढुंगा, लाठी, बुट प्रहार गरी निर्मम दमन गरेको थियाे।

 

 

सो क्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य बसन्त बोगटी, सुनिता बुढाथोकी, मुकेश र विप्लवलगायत अन्य विभिन्न पार्टी सम्बद्ध नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको थियाे ।

 

 


गिरफ्तार गरिएका नेता बोगटी लगायत गिरफ्तार नेता कार्यकर्ताहरुलाई अनामनगरस्थित सिंहदबार प्रहरी परिसरमा राखिएको अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेलले जानकारी दिनुभयो । अझै पनि उनिहरू प्रहरी हिरासतमा नै रहेका छन्।