नक्कली मह बेच्ने र सडेगलेका पाउरोटीबाट कुकिज बनाउने कम्पनीमा प्रहरीको छापा,अखाद्य सामग्री बरामद
ललितपुर। ललितपुरको सुनाकोठीस्थित पाउरोटी र कुकिज बनाएर बेच्ने स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीमा महानगरीय प्रहरी अपराध महाशाखाले छापा मारेको छ ।
बजारबाट फिर्ता भएका मिति गुज्रेका पाउरोटी र कुकिजको धूलो बनाएर फेरि त्यसैको कुकिज, टोस्ट तथा बिस्कुट बनाएर बिक्री वितरण गरेको आरोपमा प्रहरीले छापा मारेको हो ।
प्रहरीले छापा मार्ने क्रममा सन् २०१९ मै मिति गुज्रेको कुकिजलाई समेत धुलो बनाएर पुनः कुकिज बनाएको प्रहरीले फेला पारेको छ ।
अत्यधिक सडे गलेका पाउरोटी समेत सुकाएर पुन: कुकिज बनाएको भेटियो,प्रहरीका अनुसार मिति गुज्रेका पाउरोटीको धूलो बजारमा क्रन्ची चिकेन रोस्ट बनाउन प्रयोग भइरहेको भेटियो ।
गत ३० माघमा नक्कली मह बेच्ने आरोपमा पक्राउ परेका नर बहादुर श्रेष्ठले नै यो कम्पनि पनि संचालन गर्दै आएका थिए ।
प्रहरीकाअनुसार श्रेष्ठले संचालन गरेको स्पर्श फुड सहित श्रीतारा फुड्स एण्ड प्याकेजिङ प्रालिले दुवै खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएका छैनन् ।
यी दुवै कम्पनीमा खाद्य तथा गुण नियन्त्रण विभागले सिल गरेको छ । ५४ कार्टुन भेनेगर, ३० कार्टुन क्रसर पाउडर, ७ कार्टुन सुप, ३ सय ८५ बोरा अजिना मोटोलगायतका अखाद्य सामग्री प्रहरीले बरामद गरेको छ।