एमसीसी सम्झौता विरुद्ध क्रान्तिकारी मओवादीसहित ६ राजनीतिक पार्टी र २ मोर्चाद्वारा पाँच दिने संघर्षका कार्यक्रम घोषणा

                                                            फाइल तस्वीर-

काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ राजनीतिक पार्टी र २ मोर्चाले एमसीसी सम्झौता विरुद्ब पाँच दिने आन्दोलन घाेषणा गरेका छन्।

 

 

राष्ट्रघाती एमसीसीकाे विराेधमा आम राष्ट्रवादी नेपाली जनताहरू देशव्यापी रुपमा आन्दोलित हुदाँ हुदै शेरबहादुर देउवा सरकारले फागुन ८ गते संसदमा जबरजस्त टेवल गर्नु घोर राष्ट्रघाती आत्मसमर्पणवादी र अमेरिकि साम्राज्यवादको नाङ्गो दलाली भएको संयुक्त मार्चाले निष्कर्ष निकाल्दै उक्त कदमको घोर निन्दा एवं भर्त्सना गर्दै संघर्षका थप कार्यक्रम घोषणा गरेका छन्।

 

 

 

  नेकपा (क्रान्तिकारी माओवादी)सहित, नेपाल कम्युनिस्ट पार्टी विप्लव ,नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेकपा माओबादी केन्द्र समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी ऋषि कटेल, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चालगायतका पार्टीले आज एक संयुक्त बिज्ञप्ती जारी गर्दै संघर्षको कार्यक्रम घोषणा गरेका हुन् ।

संयुक्त बिज्ञप्ति-