मोहन वैद्य र ‘प्रचण्ड’बीच भेटवार्ता राष्ट्रघाती एमसीसी पास नगर्न सुझाव

                                     फाइल तस्वीर-

काठमाडौं।  क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एमसीसी र त्यससँग जोडिएका विषयमा छलफल भएको छ ।

 

 

‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बिहान भएको छलफलमा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा जिज्ञासा राख्नु भएको थियो ।

 

 

 

जवाफमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति भएर नै एमसीसी टेबल गरेको तर मतदान गर्नुपरेको अवस्थामा विपक्षमा मतदान गर्छौ भनेर भनेको कुरा प्रचण्डसँगको भेटपछि महासचिव वैद्यले बताउनु भन्नु भयो ।

 

 

 

साथै उहाँले प्रचण्डलाई ‘ यो एमसीसी राष्ट्रघाती छ, पास नगर्नुस्, पास गर्नुभयो भने राम्रो हुदैन‘ भनेर मैले प्रचण्डलाई भनेकाे बताउनु भयो ।

 

 

त्यस्तै महासचिव वैद्यले प्रचण्डसँगको भेटवार्तामा एमसीसीको विरोधमा भएको प्रदर्शनमा समातिएका नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्तालाई विना शर्त छोड्न पहल गर्न सुझाव दिनु भएको थियो ।

 

 

 

 

नेकपा (क्रान्तिकारी माओवादी)का बसन्त बोगटी, सुनिता बुढाथोकी लगायतका कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाउने प्रयास गरिरहेको छ ।मूलबाटो डटकमबाट,