सरकारमा रहने कि बाहिरिने भन्ने विषयमा माओवादी केन्द्र छलफल गर्दै

काठमाडौं। सरकारमा रहने रहने विषयमा छलफल गर्न माओवादी नेताहरु छलफलका लागि प्रचण्ड निवासमा पुगेका छन्।

 

 

 

माओवादी केन्द्र र एकिकृत समाजवादीले एमसिसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवाले गठबन्धन तोड्न तयार भएको अभिव्यक्ति दिएका थिए।

 

 

 

प्रधानमन्त्री शेर बहादुर देउवाले एमसिसी पारित गर्ने शर्तमा एमालेलाई सरकारमा आउन आग्रह गरेपछि माओवादी सरकारमा रहने किन नरहने भन्ने विषयमा चर्चा चलेको थियो।

 

 

यही विषयलाई निकास दिनको लागि माओवादीका नेताहरु अहिले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको निवासमा छलफलमा जुटिरहेका छन्।