क्रान्तिकारी माओवादीले गर्यो एमसीसीको विरोधमा काठमाडौंको माइतिघर मण्डलामा कोणसभा
काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)ले एमसीसीको विरोधमा आज काठमाडौंको माइतिघर मण्डलामा कोणसभा सम्पन्न भएको छ।
सो कार्यक्रममा एमसीसी मुर्दावाद, गो ब्याक एमसीसी, अमेरिकी साम्राज्यवाद मुर्दावाद, दलालहरु होशियार, एमसीसी चाहिंदैन देश बेच्न पाइँदैन लगायतका चर्को नाराबाजीसहित कोणसभामा गरिएको थियो।
उक्त कार्यक्रमलाइ क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य दिनेश शर्मा सागरले सम्बोधन गरेका थिए। उनले भने राष्ट्रघात गर्न देउवा सरकार तम्सिएको छ, तर हामी यो कुनै पनि हालतमा राष्ट्रघाती एमसीसी पारित गर्न नदिने बताए। जनतालाइ प्रहरीले दमन गरेर गोली बर्साए पनि आन्दोलन नरोकिने शर्माले बताए।
त्यस्तै पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले भने प्रहरीले लाठी ,गोली र बुड जे बर्साए पनि राष्ट्रघातका विरूद्ध जनताको आन्दोलन नरोकिने बताए।
दलाल देउवा सरकारले जनतालाइ दमन गरेर भए पनि राष्ट्रघाती एमसीसी पारित गर्न खोजे त्यसको परिमाण पछि आउने गजुरेलले चेतावनी दिए।
आजको कोणसभामा क्रान्तिकारी माओवादीका नेता कार्यकताहरूको बाक्लो उपस्तिथि रहेको थियो।