संसदबाट एमसीसी पारित गरेको विरोधमा ६ दलिय गठबन्धनले गरेको नेपाल बन्दले चितवनमा जनजिवन प्रभावित

  चितवन। संसदबाट एमसीसी परियोजना बहुमतले पारित गरेको विरोधमा ६ दलिय गठबन्धनमा आयोजित नेपाल बन्दमा चितवनको जनजिवन प्रभावित भएको छ।
 
 
 
बन्दका क्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता ध्रुब खडका,अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुरेन्द्र  बस्नेत,विद्यार्थी संकल्प,वैज्ञानिक समाजवादी पार्टीका कुमार विकसहित चारजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको एमसीसी खारेजी अभियान चितववका सचिव परशुराम पौडेल अजिवले बताए।
 
 
 
बन्दको क्रममा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य अम्बिका मुढवरी, चितवन जिल्ला ईन्चार्ज घननाथ सापकोटा विकाश, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज सन्देश पौडेल   लगायतले विरोध प्रदर्शनको नेतृत्व गरेका छन्।
 
बन्द आव्हानकर्ताले शान्तिपूर्ण जुलुस र नाराबाजी गर्दै एमसीसी मुर्दावाद, देश बेच्न पाईदैन्, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं लगायतका नारा लगाएर नगर परिक्रमा गरेका छन्।