अहिलेको आन्दोलन सांकेतिक मात्र हो,अबको आन्दोलनमा आधिबेरी सृर्जना गर्छौं :अध्यक्ष हरिकृष्ण गजुरेल

काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी)ले प्रतिक्रियावादी सत्ता गठबन्धनले राष्ट्रघाती सम्झौता संसदबाट बहुमतले पारित गरेपछि त्यसको प्रतिवादका निम्ति ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको संयुक्त आव्हानमा आयोजना गरिएको नेपाल बन्दको क्रममा आज काठमाडौंका विभिन्न ठाउँमा नारा जुलुस र चोक चोकमा कोणसभा सम्पन्न गरेको छ ।

 

 

 

राष्ट्रघाती एमसीसी सम्झाैता खारेजी गरिनु पर्छ हाेइन भने अब नेपाली जनताहरू सबै सडकमा आउन बाध्य हुने छन् भन्दै इन्द्रचोकको कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सम्बाेधन गरेका थिए। 

 

 

 उहाँले भन्नु भयाे, अहिलेका प्रधानमन्त्री विदेशीका दलाल त थिए तर प्रचण्ड र माधव कुमार नेपाल पनि विदेशीका असली दलाल भएकाे पुष्टि भएकाे छ। 

 

 

त्यस्तै याे आन्दाेलन अहिले सांकेतिक मात्र हाे अबकाे आन्दाेलमा आधिबेरी सृर्जना हुन्छ र नेपाली जनताहरूले बुझि सकेका छनन् अब दलाल नेताहरूलाइ त्यतिकै छाेड्ने वाल छैनन् नेता जगुरेलले बताउनु भयाे।

 

 

त्यस्तै प्रहरी हस्तक्षेपको प्रतिवाद गर्दै देशभक्त क्रान्तिकारीहरु अगाडि बढेका थिए । त्यस क्रममा चोक-चोकमा कोणसभा समेत सम्पन्न भएको थियो।

 

 

 इन्द्रचोकको कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले,असन बाङ्गेमुडा चोकमा भएको कोणसभालाई पार्टी केन्द्रीय सदस्य तथा अनेमसंघ (क्रान्तिकारी)की महासचिव शारदा महतले,असन चोकको कोणसभालाई पार्टी पीवीएम पवनमान श्रेष्ठले र भोटाहिटी चोकको सभालाई पार्टी पीवीएम दिनेश शर्मा सागरले सम्बोधन गर्नुभएको थियो ।

 

 

 

विहानैदेखि बन्द गराउन सडकमा निस्किएका नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम सुरेश श्रेष्ठ र सजिव श्रेष्ठलाई असन चोकबाट गिरफ्तार गरेपछि त्यही चोकमा जम्मा भएर नेकपा (क्रान्तिकारी माओवादी)ले नारा जुलुस सुरु गरेको थियो ।

 

 

 

असन घडीघरबाट सुरु भएको विरोध -याली असन बांगेमुडा, इन्द्र चोक, असन चोक हुँदै भोटाहिटी चोकमा पुगेर सम्पन्न भएको थियो । जुलुसमाथि ठाउँ ठाउँमा प्रहरीले पटक-पटक हस्तक्षेप गरेको थियो ।

 

 

 

विरोध जुलुस प्रदर्शनको क्रममा राष्ट्रघाती दलालहरु मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिदैन देश बेच्न पाइदैन लगायतका नाराहरु लगाइएको थियो ।