मुगु जिल्लाका एमाले सांसद मोहन बानियाँ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। नेकपा एमाले, मुगुका सांसद मोहन बानियाँ बलात्कारको आरोपमा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका छन् ।

 

 

बानियाँलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीले जनाएको छ। 

 

 

 

बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

 

 

 

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।बानियाँले भने आरोप झुट भएको भन्दै बचाउ गर्दै आएका थिए ।