आयल निगमले फेरि बढ्यो एलपी ग्यास र पेट्रोलिम पर्दाथको मूल्य
काठमाडौं । नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा त्यसको प्रभाव नेपालमा पनि परेको बताएको छ ।
इण्डियन आयल कर्पोरेसन(आईओसी) ले पठाएको नयाँ मूल्य अनुसार डिजेल ३ रुपैयाँ , पेट्रोल ३.८९ , मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ, हवाई ईन्धनमा ३.५ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर एक सय रुपैयाँले बढेर नयाँ मूल्य आएको निगमका प्रवक्ता विनीत मणि उपाध्यायले बताए ।
‘बढेको मूल्यका कारण निगम १५ दिनमा ३ अर्ब ९ करोड र महीना दिनमा ६ अर्ब १८ करोड रुपैयाँ घाटामा जाने देखियो, हामी मूल्य बढाउनु पर्ने दबाबमा पर्यौं’, उनले भने, ‘नयाँ मूल्य अनुसार समायोजन गर्न नसके आईओसीलाई इन्धनको पैसा तिर्न नसक्ने अवस्था बन्यो ।
मंगलवार प्राप्त नयाँ मूल्यपछि निगमको नियमित विक्रीबाट आईओसीको रकम भुक्तानी हुन नसक्ने अवस्था आएको निगमको भनाइ छ । ‘मार्च महीनामा निगमले दुई ओटा किस्ता आईओसीलाई भुक्तानी गर्नुपर्छ ।
सो किस्ता तिर्न हामीसँग मूल्य नबढाए वा सरकारले पैसा नदिए सकिन्न’, उपाध्यायले भने ।आगामी ८ र २३ तारिखमा उक्त किस्ता तिर्नुपर्ने उनको भनाइ छ ।