सेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं। पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले घटेको छ।
बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंकले गिरावट आएको छ।
बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
कारोबारमा आएका २२८ कम्पनीमध्ये बुधबार २१२ कम्पनीको शेयर मूल्य घटेको छ। ६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ।
बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ३।६५ प्रतिशत बढेको छ।
त्यस्तै, विकास बैंक, लगानी, जीवन बीमा उत्पादन तथा प्रशोधन, जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।
लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि रिलायन्स लाइफ इन्स्योरेन्स, सिभिल बैंक र स्वाभिमान लघुवित्तको शेयर मूल्य बढेको छ।