एमसीसी सम्झौता अनुमोदन भएको ४ दिनपछि,सत्ता गठबन्धनको बैठक आज बस्दै

फाइल तस्वीर

काठमाडौं । एमसीसी सम्झौता अनुमोदन भएको ४ दिनपछि सत्ता गठबन्धनको बैठक आज बिहिबार बस्दैछ।

 

 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कांग्रेस, माओवादी, समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरु सहभागी हुँदैछन् ।

 

 

 

राष्ट्रिय जनमोर्चा भने सत्ता गठबन्धनबाट बाहिरिईसकेको छ । एमसीसी अनुमोदन भईसकेकाले अब स्थानीय तह निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल गर्न वैठक बोलाईएको छ ।

 

 

 

बुधबार प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालसँग छुट्टा-छुट्टै छलफल गर्नुभएको थियो ।