कैलाली कारागारमा थुनुवा युवकको मृत्यु
काठमाडौं । धनगढीको कैलाली कारागारमा थुनामा लागुऔषध मुद्दामा पुर्पक्षका लागि रहेका एक युवकको मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका-३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कैलाली कारागारले जनाएको छ ।
जेलर नरबहादुर थापाले सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्यु भएको बताए ।
उनकाअनुसार थापामगर विगत दुई महिनादेखि फोक्सो सम्बन्धी समस्याका कारण बिरामी थिए । यही फागुन १९ गतेदेखि प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेको थियो ।