बलात्कार आरोपमा पक्राउ परेका एमाले सांसद बानियाँ निलम्बित
काठमाडौं । बलात्कारको आरोप लागेका मुगु जिल्लाबाट निर्वाचित नेकपा एमालेका सांसद मोहन बानियाँको पद निलम्बित भएको छ ।
बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सभामुख र सदनलाई जानकारी दिएको थियो ।
सोहीबमोजिम सभामुखले आजकोे प्रतिनिधिसभा बैठकमा उनको पद निलम्बित भएको जानकारी गराएका हुन् ।