आजदेखि १ रुपैयाँको नयाँ सिक्का प्रचलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले आज (फागुन २४ गते बुधबार)बाट १ रुपैयाँको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो ।

 

 

 

नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा ‘आरई वान’ लेखिएको छ भने तल्लो भागमा १ रुपैयाँ लेखिएको छ ।

 

 

 

सिक्काको पछाडिको भागमा सगरमाथाको चित्र अंकित गरिएको छ । त्यसकै मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ । सगरमाथा चित्रको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, संख, पद्यको साना आकृति दिइएको छ ।