एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो, देश विकास र रोजगार बढाउँछ :प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताउनु भएको छ ।
पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गर्नुभएको हो।
‘एमसीसीबाट आउने रकम ऋण होइन अनुुदान हो,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।
उहाँले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।