देश माओवादीकै एजेण्डामा चलेको छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनकै भविष्य के हुने हो भन्ने चर्चा चलिरहेका देश माओवादीकै एजेण्डामा चलेको बताएका छन् ।

 

 

 

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा सुर्खेत विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताएका हुन् ।

 

 

 

कुराकानीकै क्रममा प्रचण्डले भने, गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ । एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको अध्यक्ष प्रचण्डको दाबी छ ।