पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न छलफल हुँदैछ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजन उचित समयमा गर्ने गरी छलफल भइरहेको बताएका छन् ।

 

 

महँगीमा उपभोक्ता पर्नुका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि रहेको भन्दै उनले यसलाई व्यवस्थित गर्न छलफल थालिएको बताए ।

 

 

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार आयोजना कार्यक्रममा बोल्दै उनले भने, ‘मूल्य वृद्धि हुनुको कारण पेट्रोलियम पदार्थ हो ।

 

 

अब बिहान र बेलुका अर्कै मूल्य कायम गर्नुपर्नु हुन सक्छ, हामी छलफल गरिरहेका छौं ।

 

 

 

औषधिमा पनि उपभोक्ता ठगिएको भन्दै उनले उपभोक्ताको कानुनी अधिकार संरक्षण गर्न सरकार तयार रहेको बताए ।