स्थानीय तह निर्वाचनमा दुई लाख बढी सुरक्षाकर्मी परिचालन गरिने

फाइल तस्वीर

काठमाडौ । सरकारले आगामी बैशाख ३० का लागि तय गरेको स्थानीय तहको निर्वाचन सुरक्षाका लागि २ लाख ५० हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

 

 

गृह मन्त्रालय, निर्वाचन आयोग र सुरक्षा निकायहरुबीचको छलफलपछि यो संख्यामा सुरक्षाकर्मी परिचालनगर्ने तयारी गरिएको हो ।

 

 

 

निर्वाचन सुरक्षामा प्रहरी जनशक्ति ७४ हजार, म्यादी एक लाख र सशस्त्र प्रहरी ३४ हजार गरी करिब दुई लाख आठ सय सुरक्षाकर्मी परिचालन हुनेछन् ।

 

 

यस बाहेक नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट करिब ५० हजार सुरक्षाकर्मी परिचालन हुने बताइएको छ ।

 

 

 

 

निर्वाचन आयोगले करिब १० हजार ८७० मतदान स्थल निर्धारण गरेको छ । संवेदनशील मतदान स्थलमा चार प्रहरी छ म्यादी गरी १० र अति संवेदनशीलमा पाँच प्रहरी र छ म्यादी गरी ११÷१२ जनासम्म सुरक्षाकर्मी परिचालन हुनेछन् । सेना र सशस्त्र प्रहरीले सुरक्षा गस्ती गर्ने छन् ।

 

 

 

नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि एक लाख म्यादी प्रहरीको माग गरेको छ । यही महिनाको ६ गतेदेखि ११ गतेसम्म सात दिनभित्र ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सक्ने व्यवस्था मिलाइएको छ ।