भक्तपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने तामाङ पक्राउ

साैकेतिक तस्वीर

काठमाडौं। भक्तपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका -२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

 

ती बालिकालाई दिनेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।