भक्तपुरको चाँगुनारायण नगरपालिकामा एमाले मेयर मिश्रले गरे करोडौं भ्रष्टचार,स्थानीयले गरे पर्दाफास
काठमाडौं।भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले करोडौं भ्रष्टाचार गरेको खुलासा भएकाे छ।
उनकै पार्टीका नेताहरूले समेत समाजिक संञ्जालमा स्टाटस राखेर विरोध गर्दै लेखेका छन्, मेयर मिश्रले ३०,००० हजार जनताहरूको भाग लुटेर १०० जना गुण्डा,ट्यापे पालेको ,इटाभटा,बालुवा माटोलगायत तस्करी गर्ने गरेको र २० प्रतिशत काम गरेर ८० प्रतिशत पैसा खाने ठेक्दारसँग मिलेर ४० कारोड पैसा लुटि सकेको सो स्टाटसमा उल्लखे गरिएको छ।
त्यस्तै अर्को स्टाटसमा मेयरले १० गल्ति गरेको र भ्रष्टचार गर्न विभिन्न मान्छेसँग साटगाठ गरेको खुलासा गरिएको छ।
स्टाटस जस्ताकाे त्यस्तै हेर्नु हाेस्-
मेयर मिश्रले चाँगुनारायण नगरपालिकाको मेयरको जिम्मेवारी लिएपछि पाँच वर्षभित्र करोडौं रुपैयाँ कमाउन सफल बन्नुका साथै आफ्ना आसेपासेलाई समेत करोडपति बनाउन भूमिका खेलेको उनकै पार्टीका नेताहरुले बताउने गरेका छन् ।
सिधै सर्वसाधारण जनताको स्वास्थ्यलाई असर पु-याउँदै आएको झण्डै ६४ वटा इँट्टाभट्टा अवैधानिक रुपमा संचालन हुँदै आएकोले इट्टाभट्टलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थानीय सरोकारवाला, बुद्धिजीवी, सर्वदलीय नेताहरुको छलफल हुँदाहुँदै इट्टाभट्टा उद्योगहरुसँग प्रत्येक इँट्टाभट्टाबाट लाखौं रुपैयाँ असुल्दै वातावरण नै धुमिल बनाउने गरी निर्वाधरुपमा संचालन गर्न दिएका छन् ।
त्यस्तै दुवाकोट इन्जिनियरिङ्ग कलेजमा मेयरकै व्यापक भ्रष्टाचारजन्य गतिविधि भएको इन्जिनियरिङ्ग कलेजभरि चर्चाको विषय बनेको छ ।
त्यस्तै, चाँगुनारायण नगरपालिकाकै भूमाफिया जनप्रतिनिधिहरुको मिलोमत्तोमा खेतियोग्य जमिनदेखि लिएर डाँडाँकाडा, सार्वजनिक बन, बहाल बन, परिवन, पातले बन फडानी र राजकुलोसमेत मासी धमाधम जग्गा प्लटिङ गरी आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पैसाकै खोलो बगाएर फेरि मेयर पड्काउने उद्देश्यका साथ जसरी हुन्छ पैसा कमाउन आफ्ना आसोपासेलाई लगाएको नेकपा एमालेका पुराना स्थानीय नेता दामोदर काफ्लेले सामाजिक संजालबाटै मेयरको कुकृत्यका बारेमा स्टाटस लेखेर पोस्ट गरेका छन् ।
त्यसैगरी, नगरपालिकाको विकास बजेट आफूनिकट ठेकेदारलाई जिम्मेवारी दिई तोकेको मापदण्ड विपरित झारो टार्ने काम गरे पनि मेयर मिश्रकै निर्देशनमा सो कार्यलाई इन्जिनियरले पास गराई भुक्तानीसमेत गराउने गरेको नगरपालिकाकै कर्मचारीले मिडियाकाे कार्यालयमै आई जानकारी गराएका छन् ।
इमान्दार कर्मचारीहरुका अनुसार विकास कार्यको लागि जनप्रतिनिधिहरुबीच छलफल गरी बजेट कार्यान्वयन गराउनु पर्नेमा उल्टै नगरपालिकाको नियमित बैठकसमेत नगरापलिकाको भवनमा नबसी नातागोता र कमिशनकै लागि आफ्ना नजिकका व्यवसायीको होटल, रिसोर्टमा गई जाँडपानीसहितको भोज गरी नगरपालिकाको बजेट सकाउने काम गरेको कर्मचारीहरुले बताउने छन्।