सुन व्यापारीको ठगी नियत:सञ्चालक शाक्यले गरे भारतीय लगानीकर्ताको करोडौं रकम झ्वाम

काठमाडौं। धन भनेपछि महादेवको पनि तेस्रो नेत्र खुल्थ्यो रे भने कलियुगका मानवको त नखुल्ने कुरै भएन।राजधानीका एक सुन व्यापारीले आफ्नै साझेदार रहेका भारतीय लगानीकर्ताको करोडौं रकम एक्लै पचाइदिने नियत पालेका छन्।

 

 

न्यूरोडस्थित निलम गहना पसलका सञ्चालक सागर शाक्यले लामो समयदेखि आफ्नै पसलको साझेदार रहेका भारतीय लगानीकर्ता नरेश वर्मामार्फत खरिद गरिएको सुन, सुन व्यापारमा उनले गरेको लगानी र त्यस वापत भएको मुनाफा गरी झण्डै साढे बाह्र करोड रकम पचाइदिने नियत पालेका छन् ।

 

 

 

दुई साझेदारबीच लामो समयदेखि हिसावकितावमा विवाद भएपछि उक्त प्रकरण प्रहरीमा समेत पुगेको थियो ।

 

 

प्रहरीमा भएको छलफलका क्रममा गहना पसलका सञ्चालक सागर शाक्य, सोही पसलका साझेदार भनिएका भारतीय नागरिक नरेश वर्मा तथा मिडीयटरको भूमिकामा सुनचाँदी व्यापार सँघका अध्यक्ष मणिकरत्न शाक्य र शुरेश शाक्यले दुई पक्ष राखेर एक साताभित्र हिसावकिताव टुंग्याउने विश्वास प्रहरीलाई दिलाएका थिए।

 

 

 

तर, एक साता बितिसक्दा समेत न त पसल सञ्चालकले आवश्यक हिसाव आफ्ना साझेदारलाई दिन चाहेको देखिन्छ, न त मिडीयटर भनिएकाहरुकै भूमिका स्पष्ट देखिन्छ ।

 

 

 

अन्तीम डेटलाइन भन्दै आज भएको लेनदेन विवाद अन्ततः त्यसै टुंगिएको छ । पसल सञ्चालक सागर शाक्यले दुई करोडसम्म तिर्न तयार देखिए पनि पिडीत दावी गर्ने उनका साझेदारले साढे १२ करोडबाट व्याज छाड्दा पनि आफूले ९ करोड पाउनै पर्ने दावी गरीरहेका छन् ।

 

 

 

यही विषयमा सञ्चालक सागर शाक्यसँग सम्पर्क गर्दा उनले भने, ‘यो सबै फोनमा भन्न मिल्दैन, म तपाईँलाई भेटेरै बताउँला ।

 

 

 

मिडीयटर भनाउँदा सुनचाँदी व्यापार सँघका अध्यक्ष समेत रहेका मणिकरत्न शाक्यले निष्पक्ष व्यवहार देखाउनु पर्नेमा शाक्यको पक्षमा उभिँदै पार्टनरशिप लिखितममा नभएको र मौखिक लगानी भएकाले मौखिकरुपमै विवाद टुंग्याउन भारतीय साझेदार नरेश वर्मालाई दबाब दिइरहेको स्रोतको दावी छ ।

 

 

 

छलफल भयो, टुंगोमा पुगिसकिएको छैन । व्यापारीक कारोबार, लेनदेनमा दुबै पक्षबीच मिस अन्डर स्ट्याण्डीड देखिएको छ ।

 

 

दुई जना एक ठाउँमा बसेर हिसाव गर्ने अवस्था नभएको र सहजकर्ताको आवश्यकता देखिएकाले यो प्रकरणमा जोडीएको हुँ, मिडीयटरको भूमिकामा रहेका माणिकरत्न शाक्यले भने ।

 

 

 

त्यसो त मिडीयटरको समेत साथ पाएका अर्थात् उनलाई समेत प्रभावमा पार्न सफल भएका निलम गहना पसलका सञ्चालक सागर शाक्यले साझेदारसँग कुरा भइरहेको बताउँदै भोलीसम्म छलफलले एउटा दिशा लिने बताए ।

 

 

 

 

उनको कुरा गराइमा साझेदारलाई पत्रमपुष्पम गरेर हिसाव टुंग्याइदिने नियत झल्कन्थ्यो । यस विषयमा खोजी जारी छ ।

 

 

 

यता, शुक्रबार यसै विषयमा समाचार प्रकाशित भएपछि प्रहरीका विभिन्न निकाय तथा सुन व्यापारीले समेत सुनमा लगानी गर्नेहरुको बारे चासो राखिरहेका देखिन्थे।

 

 

सम्भवतः आज आइतबारको छलफलमा दुई पक्षबीच कुरा नमिलेपछि अब सुनमा गरिएको लगानी विवाद पुलिसमै पुग्ने देखिन्छ।