क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब खारेज गर्न माग(विज्ञप्तिसहित)

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ।

 

 

नेपाल सरकार र नेपाल आयल निगमले केही दिनकै अन्तरालमा फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

 

 

आज रातिदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ प्रतिलिटर, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर पु¥याएको छ भने खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ६ सय रुपैयाँ प्रतिसिलिण्डर पु¥याएको छ ।

 

 

 

 

त्यसैगरी, हवाईइन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएर १५६ प्रतिलिटर कायम गरेको छ भने अन्तर्राष्ट्रियतर्फको हवाईइन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर बढाएर १ हजार ५ सय ४५ अमेरिकी डलर प्रतिकिलोलिटर बनाएको छ ।

 

 

यो मूल्यवृद्धिको हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) घोर निन्दा एवम् भत्सर्ना गर्दै अविलम्ब खारेजीको माग गर्दछ ।

 

 

 

सरकार र निगमले पछिल्लो समय लगातार हप्तैपिच्छे जस्तो गरेको इन्धनको मूल्यवृद्धिले बजारमा असामान्य स्थिति सिर्जना गरेको छ । समग्र उपभोग्य सामानका साथै सेवा, भाडालगायतको पनि मूल्य÷शुल्कवृद्धि अस्वाभाविक रुपमा भइरहेको छ ।

 

 

 

दैनिक गुजारा चलाउन धौ–धौ परिरहेका बेला सरकारले पटकपटक गरेको मूल्यवृद्धिले नेपाली जनताको चुल्हो नबल्ने अवस्था निम्तिन थालेको छ ।

 

 

 

यसअघि निगमले पेट्रोलियम पदार्थमा पटकपटक गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दा पनि त्यसप्रति बेवास्ता गर्दै फेरि जनताको ढाड भाँच्ने गरी मूल्यवृद्धि गरेकोमा हाम्रो सङ्गठनले यसलाई गम्भीरतापूर्वक लिएको छ ।

 

 

 

कोभिड–१९ बाट प्रताडित नेपाली जनतालाई राहत दिनुको सट्टा पटकपटक गरिएको चरम मूल्यवृद्धिले जनताको चुल्होसमेत नबल्ने अवस्था हुँदा समेत शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बन्नुका साथै दलाल र माफियाहरुको संरक्षण तथा नेतृत्व गर्नमै तल्लीन छ ।

 

 

 

साथै, राष्ट्रघाती एम.सी.सी. सम्झौता संसद्बाट अनुमोदन गराउन ऊ मरिहत्ते गरेर लागिरहेको छ ।

 

 

 

राष्ट्रघाती एम.सी.सी. सम्झौता खारेजीको मागसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा नेपाल सरकारलाई गम्भीर हुन जोडदार आग्रह गर्दै पेट्रोलियम पदार्थमा गरिएको पटक–पटकको सबै मूल्यवृद्धि अविलम्ब फिर्ताका लागि नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार अपिलसमेत गर्दछौं।

 

 

 

 

अन्यथा, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि, राष्ट्रघाती एम.सी.सी. सम्झौता खारेजी आन्दोलनलगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा अखिल (क्रान्तिकारी) सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसहित विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, युवालगायत आमजनसमुदायलाई सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं ।