नेपाल–भारतमैत्री धर्मशाला‘होटल आनन्द’मा सरकारले लगायो ताला

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्दमा ताला लगाएको छ । शुक्रबार कोषले गेटमा सूचना टाँसेर होटलका सामग्री नचलाउन सूचित गर्दै ताला लगाएको हो।

 

 

 

त्यसअघि होटल बन्द गर्ने पत्र लिएर पुगेको सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका थिए । विवाद बढ्दै गएपछि कोषले मूल गेटमा ताला लगाएको हो ।

 

 

 

कोषले चैत्र १७ गते सम्झौता बिपरितको काम गरेको भन्दै होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो भने सोमबार पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो ।