नयाँ वर्ष २०७९ को अवसरमा सेञ्चुरी बैंकको शताब्दी बचत खाता संचालनमा

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को शुभअवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता संचालनमा ल्याएको छ ।

 

 

 

शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन ।

 

 

यस खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, रु १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ ।

 

 

शताब्दी बचतखाता खोल्दा ग्राहकहरुलाइ मोबाइल बैंकिंग, इन्टरनेट बैंकिङ्ग, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने छ ।

 

 

साथैं शताब्दी खाता खोल्दा ग्राहकहरुलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ ।

 

 

यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।

 

 

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

 

थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध छ ।