माधव नेपालले ठूलो भाग खोज्दा गठबन्धनमा समस्या: प्रचण्ड

फाइल तस्वीर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको बैठकमा चुनावी तालमेलको अवस्थाबारे ब्रिफिङ गरेका छन् ।

 

 

 

आजको उक्त बैठकमा अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धनमा एकीकृत समाजवादीले ठूलो भाग खोज्दा समस्या भएको बताए । यद्यपि गठबन्धनमा विवाद भए पनि ५ वटै दल मिलेर जानुपर्ने उनले बताए ।

 

 

 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा हुँदाको जसरी ठूलो भाग खोज्दा भागबण्डा मिलाउन समस्या हुने गरेको उनको भनाइ थियो ।

 

 

आफूलाई अझै पनि एमाले नै देख्ने र सानो पार्टीको अध्यक्ष हुँ भन्ने कुरा हेक्का नराख्ने प्रवृत्तिमा माधव नेपालमा रहेको संकेत गर्दै प्रचण्डले भने, ‘हाँले आफूलाई अझै पनि एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ ।

 

 

 

अध्यक्ष प्रचण्डले ठूलो दल कांग्रेससँग माओवादीले पनि सकेसम्म बार्गेनिङ गरेर धेरै भाग माग्नुपर्ने, नभए जतिमा हुन्छ त्ययतिमा तालमेल गरेर जानुपर्ने समेत बताए ।