साताको पहिलो दिन नेप्से परिसूचक २४ सय नाघ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका लगानीकर्तामा खुशियाली देखिएको छ ।

 

पछिल्लो समय लागतार घट्दो क्रममा देखिएको सेयर बजार आइतबार भने ४ प्रतिशत भन्दा धेरैले बढेको छ ।

 

 

 

सेयर कारोबार मापक नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २४ सय २० दशमलव ९१ अंकमा पुगेको छ ।

 

 

 

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १७ दशमलव ७४ अंकले बढेको छ ।

 

 

 

सेन्सेटिभ इन्डेक्स पनि ४ प्रतिशतले नै बढेको हो । उता कारोबार रकम पनि अढाई अर्ब नाघेको छ ।

 

 

 

दिनभर भएका ४३ हजार ४५० कारोबारबाट ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ रुपैयाँ पुगेको छ ।