बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्षमा भरत बहादुर रोकाया सर्वसम्मत उम्मेदवार

काठमाडौं। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्षमा भरत बहादुर रोकाया सर्वसम्मत रूपमा उम्मेदवार भएका छन्।

 

 

लामो समयसम्म गाउँपालिकामा पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नाम टुग्गो लगाउन नसकेको नेपाली कांग्रेसले अन्तत स्वामीकार्तिक गाउँपालिकाको अध्यक्षमा भरत बहादुर रोकायालाई उम्मेदवार बनाएको छ ।

 

 

 

नेपाली काँग्रेस बाजुरा जिल्ला कार्यसमिति सचिव युवा नेता भरत बहादुर रोकायालाई फेरि एकपटक उम्मेदवारी बनाइएकाे छ।

 

 

पार्टीको विभिन्न तहको राजनीतिमा सक्रिय रोकाया काँग्रेसको तर्फबाट एकल उम्मेदवार बन्नुभएको हो ।

 

 

उम्मेदवारी टुग्गिएसँगै आज दिउँसो निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।

 

 

७४ सालकाे निर्वाचनमा झिनाे मतले पराजित भएका राेकायालाइ यसपटक पनि पार्टीले पुन: अध्यक्षकाे टिकट दिएसँगै गाउँपालिकाका काँग्रेसमा आस्था राख्नेहरू पार्टीले न्याय गरेकाे भन्दै उत्साहित भएका छन्। 

 

 

 वैशाख ३० को स्थानीय चुनावमा स्वामीकार्तिक खापर गाउँपालिकाकाे अध्यक्षमा राेकायालाई अत्याधिक मतले विजय गराउन काँग्रेसमा आस्तावान सबै लागि पर्ने स्थानीय युवाहरूकाे भनाइ रहेकाे छ।