पोखरामा गठबन्धनबाटै मेयरमा दोस्रो बागी

काठमाडौं। पोखरा महानगरको मेयरमा गठबन्धनबाट दोस्रो बागी उम्मेदवारी परेको छ ।

 

 

कांग्रेसबाट मेयर दाबी गरेका ऋषि सापकोटाले मनोनयन दर्ता गर्नुभएको हो । उहाँ कांग्रेस कास्कीका पूर्व कोषध्यक्ष हुनुहुन्छ ।

 

 

सापकोटा नेपाली कांग्रेस कास्कीका २०५४ सालदेखि २०६४ सालसम्म कोषाध्यक्ष हुनुहुन्थ्यो ।

 

 

 

गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरू दलको चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको सापकोटाले बताउनुभयो ।