हालसम्म ६० हजार ९५० उम्मेदवारको मनोनयन दर्ता,सबैभन्दा बढी मधेसमा (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आइतबार र सोमबार गरी हालसम्म देशभरका ६० हजार ९५० उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएको जनाएको छ ।

 

 

सोमबार ५ बजेम्मका लागि मनोनयन दर्ताका लागि समय छुट्याइए पनि अझैँ पनि मनोनयन दर्ता प्रक्रिया टुंगिएको छैन ।

 

 

हालसम्म प्रमुख पद (मेयर)मा १९१४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १९४४ जनाले दर्ता गराएको आयोगले जनाएको छ ।

 

 

 

यस्तै, उपप्रमुख (उपमेयर) पदमा ११७३ तथा उपाध्यक्ष पदमा १३१९ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

 

 

 

यसैगरी वडाध्यक्षमा १५ हजार २८५ जना, महिला सदस्य पदमा ९८९१, महिला दलित सदस्य पदमा ८६९४ र सदस्य पदमा २० हजार ७३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

 

 

सात प्रदेशमध्ये सबैभन्दा बढी मधेस प्रदेशमा ६ सय ४३ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

 

 

 

मधेसपछि बागमती प्रदेशमा ३ सय ६०, प्रदेश १ मा २ सय ६९, लुम्बिनी प्रदेशमा २ सय ५२, सुदूरपश्चिममा १ सय ३९ र कर्णाली प्रदेशमा १ सय १६ जना उम्मेदवारले मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।