अस्पतालबाट हामफाल्दा १ जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं। तानसेनमा अस्पतालबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ ।

 

 

लुम्बिनी मेडिकल कलेज प्रभासको पाँचौं तलाबाट हामफाल्दा रामपुर नगरपालिका–७ कठानका ४२ वर्षीय गंगाबहादुर सोमइको घटनास्थलमै मृत्यु भएको हो ।

 

 

उपचारका क्रममा आएका सोमइले बुधबार विहान हाम फालेका थिए ।

 

 

वैशाख ९ गते भाइको घरबाट आफ्नो घरतर्फ जाने क्रममा रामपुर घर नजिकैको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए ।

 

 

 

 

लडेर घाइते भएका सोमइलाई उपचारका लागि रामपुर अस्पताल पुर्याइएको थियो ।

 

 

 

उनलाई थप उपचारका लागि आफन्तले तानसेनस्थित लुम्बिनी मेडिकल कलेज ल्याएका थिए ।