हुम्लामा २८ जनाले लिए उम्मेदवारी फिर्ता

 काठमाडौं।यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका १७ पालिका अध्यक्ष र ११ जना उपाध्यक्षका उम्मेदवारले उम्मेदवारी फिर्त लिएका छन् ।

 

 

 

नाम्खा गाउँपालिकाबाट माया लामा र कार्मा टुण्डुप लामाले फिर्ता लिएको नाम्खा गाउँपालिका सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपाने जानकारी दिए ।

 

 

उपाध्य‍क्षका स्वतन्त्र उम्मेदवार डाब्ला लामाले पनि उम्मेदवारी फिर्ता लिएको न्यौपानेले बताए ।

 

 

यस्तै, सिमकोट गाउँपालिकाबाट समाजवादीका तीर्थराज रोकाया र स्वतन्त्र उम्मेदवार नन्दबहादुर शाहीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

 

 

उपाध्यक्षमा उम्मेदवारी दिएका समाजवादीकै प्रेमा लामाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् ।

 

 

 

 

खार्पुनाथ गाउँपालिकबाट स्वतन्त्र उम्मेद्वार कांग्रेस नेता वीरजग शाही र माओवादी केन्द्रकी लक्ष्मी योगी (रावल)ले उम्मेदवार फिर्ता लिएका छन् ।

 

 

 

उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता अंगबहादुर शाही, कर्ण रावल र एमालेका गणेश रावल र धन रोकायाले पनि उम्मेदवारी फिर्ता गरेका छन् ।

 

 

सर्केगाड गाउँपालिकामा माओवादी केन्द्रका अकिल बुढा र कांग्रेस मानदेव शाहीले अध्यक्षको उम्मेदवारी फिर्ता गरेका छन् ।

 

 

 

उपाधयक्षमा कांगेसकी स्वतन्त्र उम्मेदवार ज्योती शाही, एमालेका स्वतन्त्र उम्मेदवार नन्दबहादुर रोकाया, समाजवादीकी सुशीला शाहले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत गिरीले बताए ।

 

 

 

चंखेली गाउँपालिका माओवादी केन्द्रका स्वतन्त्र अध्यक्ष उम्मेदवार सुरवीर ऐडी र एकीकृत ९समाजवादी०का खडक शिराले अध्यक्ष उम्मेदवारी फिर्ता लिएका छन् ।

 

 

 

उपाध्य‍क्षमा उम्मेदवारी दिएका कसैले उम्मेदवारी फिर्ता लिएका छैनन् । अदानचुली गाउँपालिकामा समाजवादीका अध्यक्ष गोर्ख थापा, उपाधयक्ष पवित्रा देवकोटाले पनि आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।

 

 

 

ताजाँकोट गाउँपालिकामा अध्यक्षका स्वतन्त्र उम्मेद्वार जनता समाजवादी पाटीका दलबहादुर सार्की, स्वतन्त्र उम्मेद्वार वीरमान खडका, माओवादी केन्द्रका बलबहादुर बुढा, गोपाल बुढा र उपाध्यक्षमा पदमलाल सार्की, सिपकली खडिक, मोहन दमाइले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत प्रेम सिहंले जानकारी दिए ।