दाङमा बहिष्कार अभियान तीब्र बन्दै
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिको आयोजनामा संचालित प्रतिक्रियावादी तथा कथित स्थानीय निर्वाचन बहिष्कार अभियान अन्तर्गत हिजो दाङका विभिन्न ठाउँमा कोण सभा गरिएको छ ।
त्यसैगरी “प्रतिक्रियावादी स्थानीये निर्वाचन बहिष्कार गरौँ, नयाँ जनवादी क्रान्तिको तयारीमा जुटौ ” भन्ने नाराका साथ अमेलिया ,राजपुर , गडवा,कालाकाटे , भालुवाङ ,सिसनिया ,लमही, सतबरिया, गोग्ली, घोराही ,नारायणपुर , नयाँगाउँ , सक्राम, बिजौरी ,तुलसीपुर , बसपार्क र बिपि चोक, भमके , पातेटाकुरा ,जुम्लेकुला,बागमारे , सुन्दरखाल ,हङ्सपुर , हापुरे ,रगैचा, थपगाँउ, हेकुली ,श्रीगाउँ लगाएतका गाउँ तथा शहरहरुमा बहिष्कार अभियान कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने, पार्टीको केस समीर ,केस बिपिन , के स प्रतिज्ञा चौलागाईं , थारु मुक्ति मोर्चाका महासचिव राम जि थारु , क्रान्तिकारी युवालिगका महासचिव भुकम्प लगाएतका पार्टी मोर्चाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
त्यस कार्यक्रमका प्रमुख वक्ता न्यौपानेले प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्था अन्तर्गतका संसदीय पार्टीहरु र तीनका संसदीय दलाल नेताहरुद्वारा पुरानो सत्ता र व्यवस्थाको संरक्षण र नवीकरण गर्नको निमित्त कथित स्थानीय निर्वाचनको भ्रम जाल विछ्याइएको बताउनु भयो ।
साथै, यो पुरानो सडेगलेको र सर्वनाशको मुखमा पुगेको संरचनालाई जबर्जस्त रुपमा यथास्थितिमा राख्ने र नयाँको विकास तथा विकल्पको सम्भावनालाई रोक्ने वा निषेध गर्ने षड्यन्त्र भईरहेको उहाँले ठोकुवा गर्नु भयो ।
उहाँले संसदीय षड्यन्त्रको भण्डाफोर गर्दै पुरानो राज्यसत्ता ध्वंस गरी संघीय जनगणतन्त्र स्थापनार्थ संघर्षको प्रक्रियामा छलाङ हान्ने वा फड्को मार्ने उद्देश्यले प्रतिक्रियावादी निर्वाचनको क्रान्तिकारी बहिष्कार गरेको दावी गर्नुभयो ।