यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी संकल्प प्रस्ताव स्वीकृत
काठमाडौं । राष्ट्रिय सभाबाट यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।
शुक्रबार बसेको सभाको बैठकले स्वीकृत यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देश गरेको छ ।
राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक र डा.विमला राई पौड्याल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी शाह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भइ दर्ता गराइएको थियो।
राष्ट्रिय सभाको अर्को बैठक जेठ २४ गते दिउँसो १ बजे बस्ने छ।