सुदूरपश्चिमका ८८ पालिका मध्ये कुन पालिकामा कति बजेट (सूचीसहित हेर्नुहोस)
काठमाडौं।सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४ खर्ब रुपैयाँ २९ अर्ब प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ। यसै बिच सुदूरपश्चिमका सबै ८८ ओटै पालिकामा बजेट छुट्याईएको छ।
संघीय सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमका ८८ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाले ९६ करोड ४८ लाख रुपैयाँ संघिय सरकारबाट अनुदानका रुपमा पाउने भएको हो। चालू आर्थिक वर्षमा उपमहानगरपालिकाले ८८ करोड ३५ लाख अनुदान पाएको थियो।
यस्तै प्रदेशका ८८ पालिकामध्ये सबैभन्दा कम भने बझाङको सुर्मा गाउँपालिकाले अनुदान पाउने छ। सुर्माका लागि संघीय सरकारले १८ करोड अनुदान विनियोजन गरेको हो।
सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ।