कृषि र पशुपालनका लागि साढे ६ हजार बढीले दिए परीक्षा
काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रका ६ हजार ५९७ को परीक्षा लिएको छ ।
कृषि तथा पशुपालन र उत्पादनमूल समूहमा रोजगारीका लागि कोरिया जान ४४ हजार ८ सय ५३ युवाले आवेदन दिएका छन् ।
कृषि र पशुपालन क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् भने उत्पादनमूलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् ।
कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्मे ६ हजार ५ सय ९७ को परिक्षा अहिले भइरहेको छ भने बाँकी ४ हजार २ सय ६१ जनाको आगामी असार १३ गतेबाट सुरु हुनेछ ।
अन्य परीक्षा पनि नियमित रुपमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।
बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री कृष्णकुमार श्रेष्ठले ललितपुरको भैंसेपाटीमा भइरहेको कोरियन भाषा परीक्षाको निरीक्षण गर्ने क्रममा सो संख्याका युवाले परीक्षा दिएको जानकारी दिइएको हो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।