सरकारको कुरा एक काम अर्को: कर्मचारी कटौती गर्ने घोषणा तर ४ हजार दरबन्दी थप

काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ।

 

 

तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् । चार वर्षयता केन्द्रमा ४ हजार दरबन्दी थप गरिएका छन् ।

 

 

 

प्रशासनविज्ञहरू भन्छन्, ‘सरकारको घोषणा व्यबहारमा लागु हुन कठिन छ। किनभने सरकारले पवित्रले मनले कर्मचारी कटौती गर्ने घोषणा गरेको होइन । केबल यो नारा मात्र हो ।

 

 

 

संघीय संघीय मामिला मन्त्रालयका अनुसार कर्मचारी समायोजन भएयता झण्डै ४ वर्षको अवधिमा केन्द्रमा दरबन्दीको संख्या ५३ हजार पुगेको छ।

 

 

२०७५ मा गरिएको संगठन तथा व्यववस्थापन (ओएनएम) सर्भेपछि केन्द्रमा करिब ४ हजार दरबन्दी थप गरिएको संघीय मामिला मन्त्रालयका प्रवक्ता बसन्त अधिकारी पनि स्वीकार गर्छन् ।

 

 

 

 

‘सरकारले १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो जिम्मेवारी हामीलाई दिने हो भने हामीले गृहकार्य अघि बढाउछौं, अधिकारीले भने, ‘सरकारको घोषणा अहिले नै लागु गर्ने होइन । साउनबाट लागु गर्ने भनिएको हो।

 

यो खबर आजको नागरिक दैनिकमा छ ।