मूल्यवृद्धिविरुद्ध नेकपा (बहुमत) ले साताव्यापी आन्दोलन घोषणा
काठमाडौं। सरकारले भर्खरै वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेत्रविक्र चन्द (विप्लव) नेतृत्वको नेकपाबाट फुटेर बनेको नेकपा (बहुमत) ले साताव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।
पार्टीको नवगठित जिल्ला समिति उदयपुरले शुक्रबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
नेपाल आयल निगमले जेठ २६ गते राति १२ बजेदेखि लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य तत्काल फिर्ता लिन माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको विज्ञप्तिमा भनिएको छ ।
पार्टी जिल्ला समिति संयोजक गौरवबहादुर देवकोटा (जटिल) द्धारा जारी विज्ञप्तिमा वैशाख ३० गते सम्पन्न स्थानी तहको चुनापछि २७ दिनमा ३ पटकमा पेट्रोलको प्रतिलिटर १८ रुपैयाँ मूल्यवृद्धि गरेको भन्दै त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने घोषणा गरिएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।