जब संसदमा रामकुमारी झाँक्रीको लिपस्टिकको प्रसङ्ग उठ्यो…..
काठमाडौं । नेकपा एमालेकी एक सांसदले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लगाएको लिपस्टिकको प्रसंग निकालेकी छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत शहरी विकास मन्त्रालयको छलफलका क्रममा एमाले सांसद गंगा चौधरी सत्गौवाले झाँक्रीले लगाएको लिपस्टिकको चर्चा गरेकी थिइन् ।
झाँक्रीको नामै नलिई उनले स्मार्टसिटी बनाउने कुरा शहरी विकासमन्त्रीले ओठमा लिपस्टिक लगाएको जस्तो नभएको टिप्पणी गरेकी थिइन् । ‘शहरी विकासमन्त्रीको कुरा जोड्न चाहन्छु, ओठमा लिपस्टिक लगाएर जति सुन्दरी बन्न चाहनुहुन्छ, त्यो भन्दा धेरै स्मार्ट सिटी बनाउने दायित्व छ । आज काठमाडौं शहरमा दुर्गन्ध फैलिएको छ, तपाईंलाई त्यति पनि ज्ञान छैन, दाङको घोराही गएर हेर्नुस् । २० करोडको लागतमा फोहरबाट वैकल्पिक ऊर्जा उत्पादन भइसकेको छ ।’ उनले भनिन ।
सांसद चौधरीले कागजको खोष्टोमा लेख्दैमा स्मार्ट सिटी नबन्ने टिप्पणी गरिन् । चौधरी बोल्दा ख्याल नगरेका नेकपा एसका सांसदले दुई जना सदस्य बोलेपछि नियमापत्ति गरेका थिए । नेकपा ९एस०की सांसद निरादेवी जैरुले व्यक्ति विशेषलाई लिएर घोचपेच गर्ने अंगीकार सांसदलाई नरहेको बताइन् ।
आगामी दिनमा पनि संसदमा त्यस्ता शब्द नबोल्न भन्दै उनले चौधरीले बोलेको कुरा संसदको रेकर्डबाट हटाउन माग गरिन् । ‘माननीय अंजना विशंखे भन्दा पहिला बोल्ने माननीयले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई व्यक्तिगत रुपमा घोचपेच गरेकोले त्यो रेकर्ड हटाउन माग गर्छु,’ जैरुले भनिन् ।