विप्लवको पार्टीले घेर्‍यो एमसीसीको कार्यालय

काठमाडौं । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध प्रर्दशन गरेको छ ।

 

 

 

नेकपाले आइतबार एमसीसी कार्यान्वयन गर्न नेपालमा खोलिएको एमसीए नेपालको याक एण्ड यति होटेल कार्यालय बाहिर प्रर्दशन गरेको हो ।

 

 

 

प्रदर्शनमा प्रदर्शनकारीले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।

 

 

 

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध यसअघिदेखि नै प्रदर्शन गर्दै आएको छ।