इतिहासमा नेताहरुको भूमिका : नेता भनेको के हो?
खारिएका र प्रतिभाशाली नेताहरु (प्रतिभाशाली मानिसहरु सयकडौंको संख्यामा जन्मिदैनन् ) , जसलाई आफ्ना कामको पुरै प्रशिक्षा मिलेको होस् , जुन लामो समयसम्म अनुभव प्राप्त गरिसकेका होऊन् र जुन पूर्ण सहयोग एवम् तालमेलका साथ काम गर्ने होऊन् – का अभावमा आधुनिक समाजमा कुनै पनि वर्गले दृढताका साथ काम गर्न सक्तैनन् ।
– लेनिन , संकलित रचनाएँ दश खण्डो मे खण्ड – २ , पृष्ठ १७० , प्रगति प्रकाशन मास्को १९८१ ।
यस लेखमा इतिहासमा नेताहरुको भूमिकाका बारेमा स्पष्ट पार्ने प्रयास गरिएको छ । यहाँ नेता भनेको के हो? नेताको जन्म कसरी हुन्छ? नेताहरु कति प्रकारका हुन्छन् ? नेता,नेतृत्व र जनसमुदाय बीचको सम्बन्ध कस्तो हुनुपर्छ? आदि विषयमा उल्लेख गर्ने प्रयत्न गरिनेछ ।
माथि उल्लेख गर्नुभएको शब्दहरुबाट के निश्कर्षमम पुग्न सकिन्छ कि नेता , नेतृत्वको महत्वमाथि राम्रो प्रकाश पार्नुभएको छ ।
क्रान्तिकारीहरुले इतिहास , जनसमुदाय , व्यक्तिहरु र नेताहरूले खेल्ने भूमिकामाथि द्वन्द्वात्मक ढंगले ध्यान दिन जरुरी हुन्छ ।
जनसमुदाय (श्रमजीवी जनता) इतिहासका निर्माता कसरी हुन् भने उनीहरू आफ्नो जीवनको उत्पादन र पुनरुत्पादन स्वयं गर्दछन् ।
उनीहरू निश्चित सामाजिक – आर्थिक व्यवस्थामा आबद्ध रहेका हुन्छन् । उत्पादन पध्दतिमा उत्पादक शक्ति र उत्पादन सम्बन्ध हुन्छन् ।
उत्पादन सम्बन्ध भनेको मानिसहरुबीचको, आपसी सम्बन्ध हो । उत्पादक शक्ति अन्तर्गत मानवीय श्रम , श्रमका विषय तथा आौजार आउँदछन्। र तिनमा मानवीय श्रमको भूमिका प्रधान तथा निर्णायक हुने गर्दछ ।
यसरी मानवीय श्रम शक्तिको प्रधान र निर्णायक भूमिका हुनुकै कारण इतिहासको निर्माता श्रमजीवी जनसमुदाय नै हुन पुग्छन्।
१- इतिहास निर्माणमा जनसमुदायको भूमिका
मानव जातिको इतिहास धेरै लामो छ । मानव जातिको इतिहासको निर्माणमा जनसमुदाय , व्यक्तिहरु र नेताहरु सबैको महत्वपूर्ण भूमिका हुन्छ । तर यसमा जनसमुदाय कै निर्णायक भूमिका हुन्छ ।
व्यक्तिहरु जनसमुदाय कै एकाइ हुन् र नेताहरुको जन्मदाता पनि जनसमुदाय नै हुन् । त्यसैले मानव जातिको वास्तविक इतिहासको निर्माता जनसमुदाय नै , श्रमजीवी जनता नै हुन् ।
जनताले आफ्नो इतिहासको निर्माण कसरी गर्दछन् रु नेताहरु कसरी पैदा हुन्छन् रु मानिसका स्वतन्त्र इच्छा र आर्थिक परिस्थितिबीच के सम्बन्ध छ ?
यी प्रश्नहरुको जवाफमा आवश्यकता र आकस्मिकताको द्वन्द्ववादमाथि ध्यान दिदै फ्रेडरिक एंगेल्स अगाडि लेख्नु हुन्छ मनुष्य आफ्नो इतिहासको रचना स्वयं गर्दछन्, तर अहिलेसम्म उनीहरू यस्तो सामुहिक संकल्पका साथ , सामुहिक योजना अनुसार गर्न सक्त, यहाँसम्म कि एक निश, परिसीमित समाजविशेषमा पनि गर्न सक्तैनन् ।
उनका आकांक्षाहरु एक अर्कोशीत टक्कराउँछन् र यसकारण यस्तो प्रत्येक समाज आवश्यकताद्वारा शासित हुन्छ , जसको पुरक तथा प्रतियमान रुप आकस्मिकता हुन्छ ।
यहाँ जुन आवश्यकता समस्त आकस्मिकताहरुमाथि प्रभावी हुन्छ , त्यो अन्ततः आर्थिक आवश्यकता नै हो र यहाँनेर तथाकथित महापुरुषहरुको चर्चा आवश्यक हुन जान्छ ।– माक्र्स – एंगेल्स संकलित ,चनाएँ खण्ड – ३ , भाग – २ , पृष्ठ ४२४ , प्रगति प्रकाशन मास्को १९७८ ।
माथि उल्लेखित एंगेल्सका यी भनाइहरुबाट के कुरा स्पष्ट हुन्छ भने इतिहासका निर्माता जनता हुन् तर तिनले आफ्नो इच्छा अनुसार होइन समाजको आर्थिक आवश्यकता अनुसार इतिहासको निर्माण गर्दछन् । तथाकथित महापुरुष अर्थात् नेताहरुको जन्म पनि यसरी नै हुन्छ ।
इतिहासको निर्माणमा जनसमुदायको भूमिकाको सन्दर्भमा आवश्यकता र आकस्मिकता तथा आवश्यकता र स्वतन्त्रता बीचको द्वन्द्वात्मक सम्बन्ध वास्तवमा यही नै हो ।
२- इतिहासमा नेताहरुको भूमिका
इतिहासमा तथाकथित महापुरुष अर्थात् नेताहरुको जन्म आवश्यकता र आकस्मिकताको द्वन्द्वात्मक सम्बन्धका बीचबाट हुन्छ । तदनुसार नेताहरुको जन्म इतिहासको आवश्यकता अनुसार हुने गर्दछ , तर अमुक व्यक्ति नै नेता बन्ने कुरा भने आकस्मिकतामा निर्धारित हुन्छ ।
३- नेता भनेको के हो ?
कुनै संगठन , राजनीतिक पार्टी (दल) र कार्य समुदाय आदिलाई समन्वय गरी अगाडि बढाउने व्यक्तिलाई नेता र यसप्रकारको कार्य गर्नेलाई नेतृत्व भनिन्छ । नेतृत्वले नै के उचित , के अनुचित भन्ने निर्णय गर्दछ ।
नेता भनेको के हो? त्यसको जनसमुदायसंग के सम्बन्ध हुन्छ ? भन्ने विषयमा लेनिनले भन्नुभएको छ ,आम रुपमा र अधिकतर रुपमा कम्तीमा पनि आधुनिक सभ्य देशहरूमा वर्गहरुको नेतृत्व राजनीतिक पार्टीहरु गर्दछन् ।
राजनीतिक पार्टीहरुको सञ्चालन प्रायः तिनका सबैभन्दा अधिक मान्य , प्रभावशाली र अनुभवी सदस्यहरुका कमवशी स्थानीय समुह गर्दछन् , जसलाई पार्टीको सबैभन्दा जिम्मेवार पदहरुमा चुनिन्छ र जसलाई नेता भनिन्छ । – लेनिन संकलित रचनाएँ , खण्ड ९ , पृष्ठ २७४ , प्रगति प्रकाशन मास्को १९८५ ।
यहाँ वर्ग , राजनीतिक पार्टीहरु र नेतृत्वका बीचको सम्बन्धलाई राम्रोसँग प्रस्तुत गरिएको छ ।
माथिका लेनिनका यी भनाइहरुबाट क्रान्तिका लागि नेतृत्व अनिवार्य रुपले आवश्यक हुने र नेताहरु वर्गविशेष वा जनसमुदायबाट जन्मिने तथा तिनीहरूको पर्तिनिधित्व गर्ने राजनीतिक पार्टीका अनुभवी तथा आधिकारिक सदस्य हुन् भन्ने कुरा प्रष्ट हुन्छ।
४- नेता कति प्रकारका हुन्छन् ?
नेताहरु प्रतिगामी , पश्चगामी , प्रतिक्रियावादी अर्थात् प्रतिगामी र क्रान्तिकारी दुबै प्रकारका हुन्छन् । साथै ती सही र गलत दुबै प्रकारका हुन्छन्।
जहाँसम्म कम्युनिस्ट आन्दोलनमा नेताहरुको स्तथितिको प्रश्न हो त्यसमा क्रान्तिकारी तअवसरवादी दुबै ढंगका नेताहरु हुन्छन् ।
क्रान्तिकारीहरुले अवसरवादी नेतनहरुको विरोध तथा भण्डाफोर क्रान्तिकारी नेताहरुको सम्मान तथा स्थापना गर्ने र संरक्षण गर्नु जरुरी हुन्छ ।
वर्तमान नेपाली कम्युनिस्ट आन्दोलन भित्र क्रान्तिकारी नेताहरू भन्दा अवसरवादी तथा घोर दक्षिणपन्थी संशोधनवादी नेताहरुको भिड जगजगी छ ।
उनीहरूले नेपाली कम्युनिस्ट आन्दोलनलाई दुषित तुल्याउँदै आएका मात्रै छैनन् कि क्रान्तिप्रति गध्दारी गरेर क्रान्तिलाई ठूलो नोक्सानी समेत गर्दै आएका छन् । क्रान्तिकारीले उनीहरूको व्यापक रुपमा विरोध र भण्डाफोर गर्न जरुरी छ ।
सर्वहारा वर्ग र समस्त श्रमिकहरुका महान् नेताहरु कार्ल माक्र्स , फ्रेडरिक एंगेल्स , भ्लादीमिर इल्यिच लेनिन र जोसेफ स्टालिन माओ त्सेतुङ महानतम ऐतिहासिक व्यक्तितब हुनुहुन्थ्यो , जसले विश्वइतिहासमा ज्यादै गहिरो छाप छोड्नु भएको छ ।
उहाँहरु गुणात्मक दृष्टिले नयाँ किसिमका नेताहरु , प्रतिभावान सिध्दान्तकारहरु र सर्वहारा वर्गको क्रान्तिकारी आन्दोलनमा अर्थात् भीषण वर्गसंघर्ष तथा सर्वहारा वर्गको क्रान्तिकारी आन्दोलनका संगठनकर्ता हुनुहुन्थ्यो ।
५- व्यक्ति – पूजा मालेमावादी विचारधाराको विपरीत
कुनै वरिष्ठ नेता वा व्यक्तिको अन्धभक्ति , उसका गुणहरुको अतिशयोक्तिपूर्ण मूल्यांकन , ऐतिहासिक व्यक्तिको आवश्यकता भन्दा बढी सम्मान र प्रसंसा गर्ने कुरामा जोड दिने प्रवृत्ति नै व्यक्ति – पूजावादी प्रवृत्ति हो । यो व्यक्तिवादको सबैभन्दा चरम रुप हो ।
व्यक्ति – पूजावादी प्रवृत्तिको सैध्दान्तिक आधार आदर्शवादी र संकल्पवादी दृष्टिकोण हुन्छ । यसले व्यक्तिका नकारात्मक पक्षहरू लुकाउने , सकारात्मक पक्षहरू मात्रै देखाउन जोड दिने काम गर्दछ ।
इतिहासका निर्माता जनता हुन् ,सर्वसाधारण जनता हुन् भन्ने कुरा भुलेर इतिहासका वस्तुगत नियमहरुमाथि पर्दा हालेर महापुरुषले इतिहासको निर्माण गर्छ भन्ने धारणा फैलाउछ ।
इतिहासमा महान् व्यक्तिहरुको ठूलो भूमिकालाई मान्यता दिँदै माक्र्सवाद – लेनिनवाद – माओवादले व्यक्ति – पूजा अर्थात् महान् नेताहरुका समक्ष अन्ध भक्तिको प्रदर्शन गर्ने र उनीहरूलाई आफ्नो इच्छाअनुसार इतिहासको निर्माण गर्न सक्ने महामानवीय क्षमताले सम्पन्न ठान्ने कुराको विरोध गर्दछ ।
व्यक्ति – पूजा माक्र्सवादी – लेनिनवादी – माओवादी विचारधाराको विपरीत छ । किनभने व्यक्ति – पूजाले साम्यवादी आन्दोलनलाई ठूलो नोक्सान पुर्याउछ ।
माक्र्स , एंगेल्स , लेनिन , माओले संधै नै व्यक्ति – पूजाको विरोध गर्नुभएको थियोे र कुनै नेताको भूमिकालाई आवश्यकता भन्दा ज्यादा बढाउने , उसको स्तुतिगान र ज्यादा प्रशंसा गर्ने कुराको विरुद्ध निरन्तर संघर्ष गर्नुभएको थियो ।
सामुहिक नेतृत्वद्वारा मात्र क्रान्तिकारी आन्दोलनमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने माक्र्सवाद – लेनिनवाद – माओवादका प्रवर्तकहरुको विचार थियो ।
व्यक्ति – पूजाको खराबी के हो भने इतिहासको निर्माताको रुपमा जनताको भूमिका , श्रमिक जनसमुदायको सामुहिक नेताको रुपमा कम्युनिस्ट पार्टी र त्यसका केन्द्रीय अङ्गहरुको भूमिकाको कम मूल्याङ्कन गर्दछ ।
त्यसले पार्टीको सैध्दान्तिक जीवनको विकास तथा श्रमिकहरुको रचनात्मक क्षमतालाई कुन्ठित पार्दछ , अनि उनीहरूलाई माथिबाट दिइने निर्देशनप्रति निश्क्रियतापूर्वक आशामुखी हुन सिकाउँछ ।
माक्र्सवाद – लेनिनवाद – माओवादले व्यक्ति – पूजाको विरोध गर्दछ तर नेताको प्रतिष्ठाशीत त्यसको तादात्म्यतालाई चाहिँ भ्रमात्मक र अहितकर ठान्दछ ।
यस सन्दर्भमा लेनिनले लेख्नुभएको छ , सम्पूर्ण संसारभरि पूर्ण मुक्तिको लागि जटिल तथा अथक संघर्ष गरिरहेका मजदुर वर्गको निम्ति नेताहरुको आवश्यकता पर्दछ ।– लेनिन , संकलित रचना संग्रह , खण्ड १४ , पृष्ठ २२६ ।
माक्र्सवाद – लेनिनवाद – माओवादले जनता तथा पार्टीप्रति बफादार रहने , आफ्नो सारा ज्ञान र सृजनात्मक शक्ति पनि आफ्नो सम्पूर्ण परिपक्व अनुभव नयाँ जनवाद , वैज्ञानिक समाजवाद र साम्यवादको विजयको महान् कार्यमा लगाउने नेताहरुको प्रतिष्ठाको रक्षा गर्ने माग गर्दछ।
यसप्रकारले ऐतिहासिक विकासको सम्पूर्ण गतिविधिले के कुराको पुष्टि गर्दछ भने कुन व्यक्तिविशेष जतिसुकै महान् किन नहोस् , उनले इतिहासको गतिलाई निर्धारण गर्न सक्तैन ।
जनता र श्रमिक जनसमुदाय मात्र इतिहासका , सामाजिक क्रान्तिका वास्तविक निर्माता रु सम्पूर्ण भौतिक एवम् बौद्धिक मूल्यअरुका स्रष्टा हुन् ।
६-नेता र जनसमुदाय बीचको सम्बन्ध
वास्तविक इतिहासका निर्माता जनता हुन् भन्ने माथि उल्लेख गरिएको छ । कमरेड माओले जनतालाई इतिहासको निर्माता बताउँदै आउनुभएको छ ।
साथै कमरेड माओले नेता र जनसमुदाय बीच अभिन्न सम्बन्ध हुनुपर्ने कुरामाथि प्रकाश पार्दै जनदिशाको मान्यता विकसित तुल्याउनु भएको छ।
नेता एवम् नेतृत्वको कामको आधारभूत तरिका कस्तो हुनुपर्छ त? भन्ने विषयमा कमरेड माओले भन्नुभएको छ,जनसमुदायका विचारहरु ग्रहण गर्नु , तिनलाई एकत्रित गर्नु र तिनको सार खिच्नु , त्यसपछि जनसमुदायको माझमा जानु , ती विचारमा अडिग रहनु र तिनलाई कार्यान्वयन गर्नु , जसबाट नेतृत्वको सही विचारहरु निर्माण गर्न सकियोस् – नेतृत्वको आधारभूत तरिका यस्तो छ ।
माओका संकलित रचनाहरु भाग ३ , पृष्ठ ९० , सिर्जनशील प्रकाशन २०५७ । कमरेड माओद्वारा विकसित जनदिशाको मूल मर्म यही हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्ना विचारलाई विकसित तुल्याउन , सही कार्यदिशा र नीति तथा योजनाको निर्माणका लागि जनताबाट लिएर जनतालाई दिने मान्यता अर्थात जनदिशाको विशेष महत्व छ ।
यहाँनीर गंभीर रुपले ध्यान दिनुपर्ने कुरा के हो भने यसप्रकारको जनदिशाको महत्व विचारधारा एवम् कार्यदिशाका दृष्टिले मात्र होइन सांगठनिक सिध्दान्त तथा कार्यशैली र ज्ञानको सिध्दान्तका दृष्टिले पनि विशिष्ट महत्व रहन गएको छ ।