बागमती प्रदेशले ल्यायो ७० अर्ब ९३ करोडको बजेट (पूर्णपाठसहित)
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बागमती प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
बुधबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शाकिराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेको चालुतर्फ २७ प्रतिशत अर्थात १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तिय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २.८१ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ विनियोजन गरिएको मन्त्री जम्मकट्टेलले बताएका छन् ।
कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिति कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने अनुमान लिइएको छ ।
बजेटको पूर्णपाठ