बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन गर्ने सर्वदलीय सहमति भएको छ ।

 

 

वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले वीच विवाद हुँदा मतदान स्थगित गरिएको थियो ।

 

 

बिहीबार बसेको सर्वदलीय बैठकमा असार २३ मा पुनः निर्वाचन गर्ने सहमति बनेको हो ।

 

 

 

निर्वाचनमा कांग्रेस र एमालेले धाँधली गरेको आरोप लगाएपछि मतदान स्थगित गरिएको थियो ।

 

 

निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनः निर्वाचन गर्ने निष्कर्ष निकालेको थियो ।

 

 

निर्वाचन पुन हुनुपर्ने माग गर्दै अदालतमा मुद्धा समेत दायर भएको थियो ।

 

 

 

 

बुढीगंगा नगरपालिकामा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमालेका उम्मेदवार छन् ।

 

 

 

कांग्रेसले मेयरमा रंग खाती र एमालेले रामबहादुर बानियाँलाई मेयरको उम्मेदवार बनाएको छ ।