हाईब्रीड धान र मकैको बीउ अभाव

काठमाडौं । पछिल्लो समय नेपालमा रासायनिक मलको अभावले असारमासमा समेत कृषक बिना मल धान रोप्न बाध्य छन् ।

 

 

देशमा मल अभावको बहस चलिरहँदा बीउ र किटनासक औषधिमा बढेको चरम मूल्य वृद्धिले कृषकको अवस्था नाजुक बन्दै गएको छ।

 

 

उनीहरुले विश्वसनीय र उन्नत बीउबिजन पाउनबाट ठगिएका छँदैछन, बजार भाउले कृषिकर्म थप महँगिएको छ ।

 

 

 

असारको महिना यतिबेला बीउ विजन खरीद बीक्री गर्नैको पसलमा ओइरो लागेको हून्थ्यो । तर अहिले त्यो ज्यादै कम मात्रामा देख्न सकिन्छ ।

 

 

 

बजारमा हाइब्रीड धान र मकैको बीउ पाउन सकिरहेको छैन । सरकारले ७ सय मिटर माथिको उचाइका जमीनमा हाइब्रीड धानको बीउ लगाउन रोक लगाएसगैं बीउको आयातमा कमी भएको हो ।

 

 

 

तराइ क्षेत्रका जमीनमा मात्र हाइब्रीड धान उत्पादनका लागि योग्य भएको भन्दै बीउ आयात कसिलो बनाइएको व्यापारीहरुले बताएका छन् ।

 

 

उनीहरुले रोक लगाइएका बीउ बीजनको विकल्पमा अन्य प्रजातीको बीउ ल्याउनुपर्ने माग गरेका छन् ।

 

 

 

यो वर्ष अघिल्लो वर्षको तुलनामा बीउको मूल्य आकाशिएको व्यापारीहरुको अनुभव छ ।

 

 

 

स्थानीय बीउको भने मूल्य स्थीर रहेपनि हाइब्रीड बीउ जुन बाहिरी देशबाट आयात गरिन्छ, ती बीउहरुको मूल्य २० देखि १०० रुपैयाँसम्म बढेको व्यापारीहरु बताउछन् ।

 

 

 

 

कृषि प्रधान देशका कृषकले नै कृषि कर्मका लागि समस्या भोग्दै विडम्बना रहेको किसानहरु बताउँछन् ।

 

 

 

वर्षेनी मल, बीउको हाहाकारले किसान आजित हुन्छन् । आफ्नो हितमा पठाएका जनप्रतिनिधि राजनीतिक दाउपेचमा अल्मलिएको उनीहरुलाई निको लाग्दैन ।

 

 

 

 

उनीहरु सहज ढंगले पैसा तिरेर समयमै मलबीउ पाइयोस भन्ने चाह राख्छन् । सडकमा गुडिरहेको गाडीबाट मल खोस्नुपर्ने अवस्थामा पुगेका कृषकको मनोविज्ञान कदर गरी सरोकार निकाय चल्न अपरिहार्य देखिन्छ ।