चिकित्सक गिर्वानराज तिमिल्सीना यसरी गर्छन् पर्यटन क्षेत्रमा रेस्क्यूको नाममा ठगी

काठमाडौं। हिमाली क्षेत्रमा विरामी परेका वा विकट क्षेत्रको ट्र्किङ्ग रहेका विदेशी यात्रुको रेस्क्यूका लागि उपलब्ध विमा सुविधाको दूरुपयोग भइरहेको छ ।

 

 

 

हिमाली क्षेत्र अर्थात् विकट क्षेत्र घुम्न गएका विदेशी नागरिकलाई खानपानमा असर पारेर विरामी तुल्याई नक्कली रेस्क्यूका नाममा हेलीकप्टर सर्भिस र निजी अस्पताल मिलेर मोटो रकम विमा दावी गर्ने गरेको पाइएपछि यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीले त यस्तो धन्दामा लाग्ने हेली कम्पनी र निजी अस्पतालमाथि कारवाही नै चलाएका थिए ।

 

 

 

हालै, काठमाडौंको लाजिम्पाटस्थित यसअघि माओवादी अध्यक्ष प्रचण्ड बस्ने गरेको घरमा रहेको श्रीद्धि अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष समेत रहेका मेडिकल डाइरेक्टर गिर्वानराज तिमिल्सिना पनि यस्तै नक्कली रेस्क्यू धन्दामा लागेको रहश्य खुलेको छ ।

 

 

उनले हेली कम्पनीसँग मिलेर फेक रेस्क्यूका नाममा विदेशी विमा कम्पनिमाथि ठगी गर्ने गरेको खुलेको छ ।

 

 

 

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोद्धारा विमा ठगीकाण्डमा कारवाहीका लागि सिफारिसमा परेका डा. गिर्वानराजले पछिल्लो पटक हालै ठमेलमा कार्यालय रहेको नेपाल चार्टर सर्भिससँग मिलेर सगरमाथा क्षेत्रमा पर्ने दिङबोचेबाट गरेको एउटा उद्दारको बिलमा १४ हजार ३ सय डलर भुक्तानी दाबी गर्दै ठगी गरेको पाइएको छ ।

 

 

सन् २०२२ मे ५ मा जारी भएको बिल अनुसार यतिका रकम भुक्तानीका लागि दाबी गरिएको हो ।

 

 

 

 

नेपाल चार्टर सर्भिसका मालिकहरु रविन्द्र अधिकारी र सन्तोष अधिकारीसँग मिलेर डा। गिर्वानराज तिमिल्सीनाले उद्दारका नाममा लुट मच्चाउँदै आएको र त्यसरी लुटेको धन युवतीमाथि पोखाउने गरेको स्रोतले बतायो ।

 

 

युवती फेरेर हिँड्ने लत परेका डा.गिर्वानका क्रियाकलाप स्वयम् उनकै समकक्षीलाई पनि मन नपरेको बताइन्छ ।

 

 

 

 

नेपालको पर्यटन क्षेत्रलाई कोरोना संक्रमणले थला पारेको छ । तर, कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र फेरी फेक रेस्क्यु र फर्जी बिमा भुक्तानीका कारण विवादमा पर्ने खतरा देखिएको छ ।

 

 

 

 

यसअघि सरकारले छानबीन थालेपछि एक सय २७ वटाभन्दा बढी विदेशी मिडियाले नेपालमा ट्रेकिङ कम्पनि, अस्पताल, हेलिकोप्टर, रेस्क्यु कम्पनि र विदेशी नागरिक समेतको मिलेमतोमा ठगी धन्दा हुने गरेको खबर सार्वजनिक गरेको थियो।