देशभर थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं ।नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेको छ ।देशभर पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १२० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

 

मन्त्रालयका अनुसार १ हजार १६२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३९ जना र ९ सय ५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३१४ पुगेको छ ।

 

 

 

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ५१६ पुगेको छ ।

 

 

हाल नेपालमा ३ सय ३३ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।