नेप्से परिसूचक ५७ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ ।

 

 

गत साताको अन्तिम कारोबारको दिन ८.८७ अंकले गिरावट भएको नेप्से आईतवारको कारोबारमा भने वृद्धि भएको हो ।

 

 

आइतवार नेप्से परिसूचक ५७.६५ अंकले बढेर २०८६.४२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १०.२१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०८ अंकले बढेको छ ।

 

 

आइतबार कारोबारमा २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ बराबरको कोराबार भएको छ । अघिल्लो कारोबारको आधारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

 

 

 

नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक बढेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.३० प्रतिशत बढेको छ ।

 

 

 

त्यसैगरी जलविद्युत उपसमूहको परिसूचक ५.६३ प्रतिशत बढेको छ । यता वित्त, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

 

 

नेप्से बढेसँगै कारोबारमा आएका ७ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

 

 

जसमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सान्जेन लघुवित्त कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सीवाईसी लघुवित्त र रसुवागढी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

 

 

 

 

उता ३० कम्पनीको शेयर मूल्य भने गिरावट आएको छ । कारोबार रकमका आधारमा २२ करोड २८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको करिब ९ करोडको शेयर कारोबार भएको छ ।