प्रधानमन्त्री देउवाले गरे मन्त्रिपरिषद पुन:गठन,जसपाका ३ नेता बने मन्त्री

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुन:गठन गरेका छन् । उनले सोमबार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुन:गठन गरेका हुन् ।

 

 

 

जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त भएका हुन् ।

 

 

 

जनता समाजवादी पार्टीले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई मन्त्रिपरिषदमा पठाएको हो।

 

यसअघि नेकपा एकीकृत समाजवादीले पनि मन्त्री हेरफेर गरेको थियो ।