इन्धनको खपत घटाउन जोरबिजोरदेखि आइतबार बिदा दिनेसम्मका १० बुँदे प्रस्ताव सरकारलाई सिफारिस

काठमाडौं। सरकारले फेरि एक पटक आइतबार सार्वजनिक विदा दिने तयारी गर्ने भएको छ ।

 

 

 

 

आइतबार नेपाल आयल निगमले इन्धनको खपत घटाउन भन्दै आइतबार पनि बिदा दिने लगायत १० बुँदे प्रस्ताव सरकारलाई सिफारिस गरेको हो ।

 

 

 

 

नियम प्रवक्ता विनितमणि उपाध्यायले यसअघि आइतबार बिदा दिँदा इन्धन खपत उल्लेख्य घटेको भन्दै पुनस् यो नियम लागु गर्न सिफारिस गरेको जानकारी गराएका छन् ।

 

 

 

 

इन्धन खपत घटाउन निगमले सरकारलाई जोरबिजोर प्रणाली , सरकारी, निजी र दुई पांग्रसहितका सबै खाले सवारी सधान पूर्ण क्षमतामा सञ्चालन गर्न लगायतका व्यवस्था लागु गर्न सिफारिस गरेको छ ।

 

 

 

मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरूप नै यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

 

 

 

ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने सुझाव पेश गरेको छ ।